भारतले इरान र भेनेजुयलाविरुद्धको आर्थिक प्रतिबन्ध नमान्ने

नयाँ दिल्ली, भारत । भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताएकी छिन् । 

 

एक पत्रकार सम्मेलनमा अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाइएको प्रतिबन्धको प्रभाव भारतमा पनि पर्नेछ भन्ने प्रश्नमा स्वराजले भने, “भारतले दवावमा परेर विदेश नीतिलाई नबनाउने बताउनुभयो ।” 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिना इरानसँगको आणविक सम्झौता नमान्ने भन्दै इरानविरुद्ध सन् २०१५ को सम्झौतापूर्व लगाइएका प्रतिबन्धलाई पुनः कार्यान्वयनमा लान निर्देशन दिएकी थिइन् । 

 

वासिङ्टनले भेनेजुयलाका राष्ट्रपति निकोलास माडुरो नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएसँगै भेनेजुयलाविरुद्ध पनि आर्थिक प्रतिबन्धलाई कडा पारेको छ । 

 

यी दुबै मुलुकहरू भारतमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख मुलुकहरू हुन् । अमेरिकाले इरानसँग व्यापारिक सम्बन्ध राख्ने कुनैपनि विदेशी कम्पनी आँफै सजायँ पाउने छन् भनी यस पहिल्यै चेतावनी दिएको थियो । 

 

“नयाँ दिल्लीले ‘उन्नतीरोधक नीति’ मा विश्वास नगर्ने र विदेशी मुलुकबाट शासित नहुने,” भारतीय विदेशमन्त्री स्वराजले बताए । 

 

भारतले आफ्नो विदेश नीतिलाई विदेशी दवावमा परेर नबनाउने बताउँदै पत्रकार सम्मेलनमा भने, “हामीले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई मान्छौँ तर कुनै राष्ट्र विशेषको प्रतिबन्धमा विश्वास गर्दैनौ ।” 

 

भारतीय विदेशमन्त्री स्वराजको भारत भ्रमणमा रहेका इरानी समकक्षीसँग सोमबार हुने भेटभन्दा केही पहिले सञ्चारकर्मीसँगको कुराकानीमा उक्त भनाई आएको हो । 

 

भारत र इरानबीच सन् २०१६÷०१७ मा १२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको दुईपक्षीय ब्यापार भएको थियो । भारतले समयमा १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान, खासगरी कच्चा पेट्रोलियम पदार्थको, आयात गरेको थियो भने २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो । 

 

भारतको इरानसँग पेट्रोलियम पदार्थबाहेक ओमानको खाडीमा चाबहार बन्दरगाह बनाउने प्रतिवद्धताका कारण पनि बिशेष चासो रहेको छ । उक्त बन्दगाहबाट भारतले आफ्नो प्रतिस्पर्धी छिमेकी मुलुक पाकिस्तान नभैकन गल्फसँग ब्यापारिक मार्ग खुलाउन चाहन्छ । 

 

भारतले इरानमाथिको अमेरिकी प्रतिबन्धको रापबाट रुपैँयार रियलबाट ब्यापारिक कारोबारको मार्ग प्रशस्त पनि गर्न चाहेको सञ्चारमाध्यमहरूले आफ्ना रिपोर्टहरूमा जनाएका छन् । 

 

भारतीय विदेशमन्त्री स्वराजले इरानकासाथसाथै भेनेजुयलासँगको कारोबारलाई समेत जारी राख्ने बताएपनि भेनेजुयलाले लागु गरेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) लाई भने भारतीय केन्द्रीय बैंकले रोक लगाएकाले कुन माध्यमबाट ब्यापारिक गतिविधिलाई अघि बढाउने भन्नेमा अझै निर्णय भएको छैन । 

 

हामीले क्रिप्टोकरेन्सीको विकल्प के हुन सक्छ यसबारे सोचिरहेका छौँ, उनले भने । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

  • 46 seconds ago
आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाहबारे पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

  • 5 minutes ago
भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३२७ पुगेको हो । कुल कोरोना संक्रमितमध्ये ३०१ जना निको भएर घर फर्किएका छन् ।

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

  • 13 minutes ago
युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

लण्डन । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रणका लागि युके सरकारले हरसम्भव प्रयास पनि गरिराखेको छ । पछिल्लो २४ घण्टामा युकेमा १८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।