युवा नेताहरुले पार्टी छोड्न थालेपछि भारतको काँग्रेस पार्टीमा भाडँभैलो, प्रियंका गान्धी समस्याको समाधान खोज्दै

एजेन्सी । भारतको काँग्रेस पार्टीमा पछिल्लो समय एकपछि अर्को भुकम्प गइरहेको छ । दिग्गज मानिएका नेताहरुले पार्टी छोड्दै भारतीय जनता पार्टीमा प्रवेश गर्न थालेपछि काँग्रेस पार्टीले आफ्नो सक्रियता बढाएको मिडिया रिपोर्टमा उल्लेख छ । जोतिरात्दिय सिंधिया र जितिन प्रसादले पार्टी छोडेपछि काँग्रेसलाई नमिठो झट्का लागेको हो ।

अर्का युवा नेता सचिन पायलट पनि पार्टी छोड्ने क्रममा रहेको खबर बाहिर आएसँगै काँग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीले सक्रियता बढाएकी हुन् । राजस्थानका मूख्यमन्त्री अशोक गहलोत र सचिन पायलटबीच अझै पनि टकरावको स्थिति रहेको छ ।

पुर्व उपमुख्यमन्त्री समेत रहेका सचिनले गहलोतसँग कुरा नमिलेकै कारण पदबाट राजीनामा दिएका थियो । केन्द्रले उनलाई विशेष जिम्मेवारी दिने बताइएको थियो । तर, वाचा गरिएअनुसार कुरा अगाडि नबढेपछि उनले पार्टी छोड्ने मनस्थिति बनाउन थालेको खबर बाहिर आएको थियो ।

 

प्रियंका गान्धीले पार्टीलाई सन्तुलित राख्न अग्रसरता देखाएको बताइएको छ ।

राजस्थान सरकारको मन्त्रीमण्डल विस्तार नभए आफुले बाध्य भएर निर्णय लिन सक्ने सचिन पायलटले पार्टीलाई चेतावनी दिएको मिडिया रिपोेर्टमा उल्लेख छ ।

 

प्रियंका गान्धीले उनीसँग छलफल गरिराखेको र समस्या हल हुने आशा व्यक्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ । बिजेपी सचिनलाई आफ्नो पार्टीमा ल्याएर काँग्रेसलाई थप कमजोर बनाउने रणनीतिमा रहेको खबर समेत लगातार आइरहेको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 2 minutes ago
थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 11 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागे

  • 18 minutes ago
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागे

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गएको महिना एक मिडियासँगको अन्तरवार्ताको विषयलाई लिएर माफी मागेका छन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।