भारतीय जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाए

  • सोमबार, २६ असोज, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

बर्दिया । मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ ।  भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको सबै धान राति सखाप पारिदिएका छन् । 

 

मधुवन नगरपालिका– ३ का दिनेश चौधरीले भने ‘एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेका थिएँ, भोलिपल्ट बिहान  जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ । ‘

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न शुरु गरिएको मधुवन –३ का धनीराम थारुले बताए । उनले भने, ‘सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने  हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन ।’

 

 हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको शुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताए। 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

  • 23 minutes ago
इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

एजेन्सी । कुनै समय इटालीमा कोरोना भाइरसले अत्यन्त प्रभावित बनाएको थियो । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरस चीनपछि इटालीमा देखिएको थियो ।

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 37 minutes ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

घरसँगै साह परिवारको सपना खरानी

  • 48 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।