कन्हैया कुमारको चर्चा बढ्दै गर्दा मोदी सरकारलाई तनाव, कार्यकर्ता परपर भएको महसुस

एजेन्सी । राष्ट्रद्रोहको आरोपमा जमानतमा छुटेका कन्हैया कुमार भारतीय जनता पार्टीका लागि निकै कडा पर्खाल बनेका छन् । उनले गर्ने प्रत्येक प्रखर भाषणमा बिजेपीका दमदार मानिएका नेता पनि पानीपानी हुन्छन् । 

 

बिजेपीका प्रवक्ता सदिप पात्र हुन् वा अन्य कुनै दलका नेता उनको अगाडि वादविवाद गर्दा धेरै पटक सोच्ने गर्छन् । विद्याावारिधी गरेका कन्हैया कुमार भारतका चर्चित नेता हुन् । पुर्व जेएनयुका छात्र जसले भारतीय राजनीतिमा नयाँ भुकम्प ल्याउने भारतीय राजनीतिक विश्लेषकहरु बताउँछन् । 

 

गएको विधान सभा चुनावमा पनि उनको सक्रियता व्यापक रहेको थियो । प्राय विजेपीको खेदो खन्ने उनले मोदीलाई सधै निशानामा राखेर भाषण दिने गर्छन् । बिजेपीका केही प्रखर नेता पनि उनलाई लिएर तनावमा रहेका छन् । गएको वर्ष भएको चुनावमा उनी बिजेपीका नेता गिरिराजसँग पराजित भएका थिए । तर, पराजित भए पनि उनको लोकप्रियतमा भने कुनै कमी आएको छैन ।

 

पछिल्लो समय जेएनयुमा भएको घटनाका कारण विजेपी सरकार विवादमा रहेको छ भने त्यही विषयलाई मुद्धा बनाएर कन्हैया कुमारले आफ्नो चर्चा बटुल्ने प्रयास गरिराखेका छन् । उनले जेएनयु घटनालाई केन्द्रमा राखेर आउन लागेको दिल्ली विधानसभा चुनावमा विजेपीलाई असर पार्ने गरी क्याम्पिन गरिराखेको आरोप लागेको छ । 

 

उनको भाषणले एकपछि अर्को गर्दै मोदीका कार्यकर्ताहरु विचलित भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

आखिर को हुन् त कन्हैया कुमार ? 

 

कन्हैया कुमारको जन्म विहारको बैगुसराय जिल्लाको एक गाउँमा भएको हो ।  यो गाउँ तेघरा विधान सभामा पर्छ जहाँ सिपिआइलाई अत्याधिक समर्थन गरेको पाइन्छ । 

 

कन्हैयाका पिता जयशंकर सिंह प्यारालाइसिसबाट ग्रसित छन् । धेरै वर्षदेखि उनी विस्तारैमा आरामा गरिरहेका छन् । 

 

कन्हैयाकी आमा मिनादेवी एक आँगनवाडीकी कार्यकर्ता हुन् । उनका ठुला दाई प्राइभेट सेक्टरमा काम गर्छन् । कन्हैयाको पढाइ आरकेसी हाइस्कुलमा भएको हो । यो इलाका इंडस्ट्रीले भरिएको छ । 

 

आफ्नो स्कुलका दिनमा उनी अभिनयमा रुची राख्दथे । उनी यही कारणले इंण्डियन थियटर एसोसियसनको सक्रिय सदस्य थिए । 

 

सन् २००२ मा कन्हैया पटनाको कलेज अफ कमर्समा भर्ना भए । त्यहाँ उनले छात्र राजनीतिको सुरुवात गरे । कन्हैया भुगोलमा ग्रयाजुयट थिए र हाल पिएचडी गरिरहेका छन् । 

 

पटनामा अल इण्डिया  स्टुेडेण्ड फेडेरेशनको सदस्य बन्न पुगे । पटनामा पोस्ट ग्रयाजुयट सकिएपछि उनको यात्रा जेएनयुमा सुरु भयो । त्यहाँ उनले अफ्रिकन स्टडीजमा पिएचडी गर्न भर्ना लिए । 

 

सन् २०१५ मा उनी अल इण्डिया स्टुटेण्ड फेडेरेशन यस्ता सदस्या बने जो जेएनयुमा छात्र संघको अध्यक्षका लागि चुनिए । उनले यस पदका लागि एआईएसए, एवीवीपी, एसएफआइ र एनएसयुआइका सदस्यलाई हराए । 

 

कन्हैया एक प्रष्ट वक्ता भएको उनका साथी तथा विपक्षीहरु पनि मान्छन् । 

 

पछिल्लो समय उनी काँग्रेसको पक्षमा भाषण दिदै आइरहेका छन् । उनी पछिल्लो समय किताब लेखनमा समेत व्यस्त रहेका छन् । राष्ट्रद्रोहको आरोप लागेपछि उनलाई काँग्रेसले आफ्नो कार्यक्रमबाट उनलाई हटाएको थियो ।

 

पछिल्लो समय उनी मोदी सरकारको टाउको दुःखाईको विषय बनेका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

  • 27 minutes ago
बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

गलकोट । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

आजको मौसमः हल्का वर्षाको सम्भावना

  • 46 minutes ago
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 1 hour ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।