इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित
- मंगलबार, ७ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

जकार्ता । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।
सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४।५ प्रतिशत मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो ।
इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ ।
सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नु भएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए ।
विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्य रहेको इन्डोनेसियास्थित अमेरिकी राजदूतावासले उच्च सुरक्षा सतर्कताका लागि आह्वान गरेको थियो ।
जकार्तामा निर्वाचन आयोगको कार्यालयलगायत जाकार्ताभर कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरक्षाका लागि सयौंको सङ्ख्यामा सैनिक तैनाथ गरिएको थियो ।
यद्यपी प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मान्नु भएको छैन । उनले पाँच वटा प्रान्तमा निर्वाचन फेरि गराउनु पर्ने अडान लिएका छन्। यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
- 25 minutes ago

काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'
- 36 minutes ago

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै
- 55 minutes ago

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।