इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा
- बिहीबार, ९ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ ।
राजधानी जाकर्तामा बिहीबार दशौँ हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बिहीबार बिहानैदेखि सुरक्षामा कडाई गरिएका समाचारहरु आइरहेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
गत मङ्गलबार इन्डोनेसियामा राष्ट्रपतिको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीबीच कैयौँ झडपहरु भएका थिए ।
विशेषगरी राजधानी जाकर्तामा भएको झडपमा परी छ जना व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिमा विजयी जोको बिडोडोको विरोध भएको छ । यहाँका विपक्षीहरुले निर्वाचनमा धाँधली भएको भन्दै सडक प्रदर्शन थालेका हुन् । प्रदर्शनका क्रममा मारिएका ती व्यक्तिहरुमा उच्च माध्यमिक विद्यालयका एक १७ वर्षीय छात्र पनि परेका छन् ।
मङ्गलबारबाट हिंसा शुरु भएको थियो । निर्वाचनजन्य हिंसामा परी बुधबार बिहान ९ बजेसम्म छ व्यक्तिको मृत्यु हुनुको साथै करिब दुई सयभन्दा बढी घाइते भएका मध्य जाकर्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ ।
मङ्गलबार रातिबाट शुरु भएको यो झडप पाँच घण्टासम्म जारी रहेको थियो । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको बिडोडो मङ्गलबार पुनःराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
जाकर्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासितरुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।
सत्तासिन राष्ट्रपति विडोडोले ५५।५ प्रतिशत मत प्राप्तगरी पुनःराष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि उहाँको विरोधमा प्रर्दशनकारीले प्रर्दशन शुरु गरेका थिए ।
निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४।५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँले निर्वाचन स्वच्छ र स्वस्थ रुपमा हुन नसकेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनःराष्ट्रपतिमा विजयी भएको घोषणा गरेको थियो ।
इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३।१५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६।८६ प्रतिशत प्राप्त गरेका थिए ।
निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन् । उनले पाँच ओटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका छन् ।
यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ । तर राष्ट्रपति बिडोडोको दलले भने निर्वाचनमा धाँधली भएको भन्ने समाचारको खण्डन गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'
- 11 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु
- 41 minutes ago

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
- 44 minutes ago

एजेन्सी । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।