इन्डोनेसियाका राष्ट्रपतिद्वारा देशकाे राजधानी सार्न प्रस्ताव
- रासस/एपी
- शुक्रबार, ३१ साउन, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

जकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् ।
इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गरे ।
उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताए । राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र होइन मुलुकको प्रगतिको सूचक पनि हुने बताए ।
‘मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सारौं । यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशिर्वाद चाहन्छु’, राष्ट्रपतिले भने । उनले बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि पनि हुने बताए ।
बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गरेका थिए । तर उनले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी शहर राख्ने भन्ने बारेमा खुलाएका छैनन् ।
एसियाकै ठूलो शहर मानिने जकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली व्यापक फोहोर छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याका कारण अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।
गत महिना राष्ट्रपति विडोडोले एपीलाई दिनुभएको अन्तर्वार्तामा पनि उहाँले नयाँ स्थानमा राजधानी बनाउने बताएका थिए । यो ठाउँ जाभा द्वीपभन्दा बाहिर हुने उनको भनाई थियो । हाल जकार्ता जाभा द्वीपमा रहेको छ ।
उनले भने, ‘हामी अलग्गै राजधानी होस् भन्ने चाहन्छौं, र जकार्तालाई व्यवसाय तथा आर्थिक केन्द्रका रुपमा स्थापित गर्न चाहन्छौं । हामी जाभामा सबै रकम केन्द्रित नहोस् भन्ने चाहन्छौं । मुलुकको स्रोतसाधन अन्यत्र पनि विस्तार होस् भन्ने हाम्रो योजना छ ।’
विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
- 7 minutes ago

काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'
- 18 minutes ago

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै
- 38 minutes ago

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।