इन्डोनेसियामा बाढीको कहर, २३ जनाको मृत्यु
- बिहीबार, १७ पुष, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसको घर भत्किएका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् ।
“अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,” सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भने ।
उनले मृत्यु हुनेको सङ्ख्या अव नबढ्ने अपेक्षा पनि व्यक्त गरे ।
लेबाकका स्थानीय उद्धारकर्ताहरुले पनि दुई जनाको मृत्यु भएको बताएका छन् । उनीहरुले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन् ।
जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय बृद्धसम्मको मृत्यु भएको पिडितहरुले बताएका छन् ।
“बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा प¥यौँ,” एक महिलाले भनिन् ।
जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।
–––
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 17 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 17 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।