इन्डोनेसियामा डु्ङ्गा पल्टिदा दश जना वेपत्ता
- बिहीबार, ९ माघ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश जना यात्रु वेपत्ता भएका उद्धारकर्ताले बिहीबार जनाएका छन् ।
इन्डोनेसियाली कामदारहरु बोकेर मलेसियातर्फ जान लागेको सो डुङ्गा बुधवार साँझ रुपाट टापू नजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इशक ताहिरले बताएका छन् ।
स्थानीय नाविकहरुले उद्धार गरेपछि १० जना कामदार दुर्घटनाबाट बचेका पनि ताहिरले बताएका छन् ।
हराएका यात्रुहरुको खोजी र उद्धार भइरहेको बताइएको छ । यस उद्धारकार्यमा सुरक्षाकर्मी र उद्धार कार्यालयका कर्मचारीहरु लागेका छन् । त्यसैगरी मलेसियाबाट पनि उद्धारकर्मीहरुको सहभागीता रहेको जनाइएको छ ।
उक्त उद्धार तथा खोजी अभियान रुपाउ टापूको उत्तरी र पूर्वी भागमा पर्ने इलाकामा पनि भएको ताहिरले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
मलेसियाका उद्धारकर्ताहरुलाई रुपाउ द्वीपको सिमानामा र मलेसियातर्फको जलक्षेत्रमा पनि खोजी गरी सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । इन्डोनेसियाको विशाल द्वीपहरुमा आवतजावतको लागि यातायातको प्रमुख साधन डुङ्गा नै भएको तर सुरक्षा मापदण्डको अभावमा बारम्बार समुद्रमा दुर्घटना हुने गरेको पाइन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 2 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।