इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप एक जनाको मृत्यु

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ ।

 

विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

 

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँकी एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

उनीहरु अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ । ती दुई जना जापानबाट मलेसिया हुदै इन्डोनेसिया फर्र्किएका थिए ।  

 

उता संयुक्त राज्य अमेरिकामा भने थप एकजनाको यस भाइरसका कारण मृत्यु भएको छ । एकजना ७० वर्षीय अमेरिकी नागरिकको सो भाइरसको प्रकोपबाट निधन भएको बताइएको छ । 

 

वासिङ्टन राज्यको किङ काउन्टीमा उनको ज्यान गएको बताइएको छ । उपचाररत ती ७० वर्षीयको आइतबार निधन भएको र कोरोना भाइरसको सङ्क्रमणबाटै उनको निधन भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

 

किङ काउन्टी करिब ७ लाख जनसंख्या भएको नगर हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत शनिबारमात्र पनि एकजनाको ज्यान गएको थियो । उनको पनि वासिङ्टन राज्यकै एक अस्पतालमा निधन भएको थियो । 

 

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि दुई जनाको ज्यानको भन्दै उनले आपत्ति जनाएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 16 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 16 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 16 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।