इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

Global IME
Mega Bank
Norvic Hospital

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । 

 

भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् । 

 

दुई साताको बीचमा लोम्बोकमा गएका दुइओटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पले त्यहाँ ठूलो जनधनको क्षति भएको बताइएको छ । 

 

यी शक्तिशाली भूकम्पबाट करिब ५०० मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला आइतबार फेरि अर्को भूकम्प गएको छ । 

 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझको पहिलो भूकम्प ६।९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६।३ र ५।४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् । 

 

एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको सम्पूर्ण विवरण भने अझै प्राप्त भइसकेको छैन । 

 

आइतबार साँझको भूकम्पबाट हिजो नै १० जनाको ज्यान गएको बताइएको थियो । उक्त भूकम्पको प्रभावित क्षेत्रमा उद्धारको कामलाई अझै पनि सशक्त बनाउन सकिरहेको छैन । अधिकारीहरुले उद्धारको काम जारी रहेको बताएका छन् । 

 

लोम्बोकमा यही अगष्ट ५ मा ९१४ दिन अघि० गएको ७।० रेक्टर स्केलको भूकम्पमा परी ५०० जनाको मृत्यु भएको थियो, भने हजारौँ घर भत्किएका कारण लाखौँ मानिस अझै विस्थापित अवस्थामा छन् । 

 

इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ । उक्त क्षेत्रमा बारम्बार भूकम्प र पराकम्पहरु आइरहेको हुन्छ । 

 

सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प र सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 4 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 4 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।