इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ जनाको मृत्यु

Global IME
Norvic Hospital

जाकार्ता । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । 

 

त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । 

 

“यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,” पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भने । 

 

मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६।०, ७।४ र ६।१ म्याग्नीच्युडका भूकम्पपछि ०।५ देखि ३ मिटरसम्मको सुनामी आएको छ । 

 

यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७।४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन् । उनीहरुलाई इट्टा र ब्लकले लागेको पनि प्रवक्ता नुग्राहोले बताए । 

 

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षित भएको अधिकारीहरुको भनाई छ । 

 

खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन् । तर के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु पनि आउन बाँकी नै रहेको छ । 

 

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताए । 

 

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ । 

 

विश्वका अन्य देशहरुको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९।३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 2 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 3 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 3 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।