इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित
- बुधबार, १७ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

जाकार्ता । इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ ।
उक्त कारण विस्थापित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी पुगेको यहाँको विपद् व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ ।
भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रिय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले बताएका छन् ।
उनले सञ्चारकर्मीलाई पछिल्लो अपडेट गराउँदै भने, “विस्थापितहरू राज्यका १०९ स्थानमा शिविर बनाएर बस्दै आएका छन् ।”
“मङ्गलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जनालाई उद्धार गरिएको छ । यससँगै उक्त होटेलमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।” अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको सोटुपोले भने ।
उनका अनुसार उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब छ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
शुक्रबार क्रमशः ६.०, ७.४ र ६.१ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालुमा नराम्रो प्रभाव परेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
- 3 minutes ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 46 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 57 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।