Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्णः उपेन्द्र यादव

हरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्णः उपेन्द्र यादव


जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका हरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा स्थापना भएको प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुकमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना युवाहरूकै आन्दोलनको बलमा आएकोले यसको संस्थागत विकासका लागि युवाहरूले निरन्तर दबाब सिर्जना गर्नुपर्ने धारणा राखे ।

उनले मुलुकका हरेक परिवर्तनमा युवाहरूको भूमिका भएजस्तै मुलुकलाई समृद्धि र विकासको पथमा लैजानका लागि युवाहरूको सकारात्मक भूमिका जरुरी भएको बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले ऐतिहासिक मधेश जनविद्रोह युवाहरूकै कारणले भएको बताउँदै मधेशका कतिपय मुद्दाहरू सम्बोधन हुने क्रममा रहेको बताए ।

उनले सैद्धान्तिक, वैचारिक तथा अनुशासित सङ्गठन निर्माण गर्न पार्टीले गरेका महत्वपूर्ण योगदान र कार्यहरूलाई जनजनसम्म लैजानका लागि युवाहरूलाई आग्रह गरे ।

जसपाका अध्यक्ष यादवले शिक्षा क्षेत्रमा देखिएको विकृति तथा विसङ्गतिको अन्त्य गर्दै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT