Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तन

ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तन


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ । ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानूनी रूपमा समावेश अप्रवासीहरूलाई नियन्त्रण गर्न लक्षित छ ।

ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावमा आफ्नो हारको कारण फर्जी मतदान रहेको बताएका थिए । यस्तै, यो कार्यकारी आदेशले अमेरिकी चुनावहरूमा विदेशी नागरिकहरूबाट चन्दा लिन कडा प्रतिबन्ध लगाएको छ । राष्ट्रपतिले एकपक्षीय रूपमा जारी गर्ने कार्यकारी आदेशहरूलाई कानून सरह मानिन्छ ।

अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन । टेक्सास, जर्जिया र इन्डियाना जस्ता राज्यहरूमा मतदान गर्न ड्राइभिङ लाइसेन्स, पासपोर्ट जस्ता प्रमाणपत्र देखाउनुपर्छ । क्यालिफोर्निया, न्युयोर्क र इलिनोइस जस्ता राज्यहरूमा भने मतदान प्रक्रिया यति कठोर छैन । ती राज्यहरूमा नाम, ठेगाना बताएर वा बिजुलीको बिल जस्ता साधारण प्रमाण देखाएर पनि मतदान गर्न सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT