असल छोरा : ७० वर्षीया आमालाई स्कुटरमा राखेर ४८ हजार किलोमिटरको तीर्थयात्रा गराए, भन्छन् ‘कार दिन चाहन्छु’
- शनिबार, ९ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । भारतको कर्नाटकस्थित मैसुरुमा बस्ने दक्षिणमूर्ती कृष्णा कुमार सन् २०१८ जनवरी १६ मा ‘मातृ सेवा संकल्प’ यात्रामा रहेका छन् । उनी ७० वर्षीया वृद्धा आफ्नी आमालाई स्कुटरमा राखे देश–विश्वको यात्रा गराइरहेका छन् ।
पछिल्लो पौने दुई वर्षमा उनी आमालाई भारतको १८ भन्दा बढी राज्यहरुको तीर्थस्थानमा दर्शन गराइसकेका छन् । उनी नेपाल र भुटान पनि पुगिसकेका छन् । यसका साथै उनले करीब ४८ हजार किलोमिटरको यात्रा स्कुटरमा नै गरेका हुन् ।
आमाप्रति यस प्रकारको प्रेम, स्नेह देखे मानिसहरु उनलाई २१ औं शताब्दीका ‘श्रवणकुमार’ पनि भन्न थालेका छन् । उद्योगपति आनन्द महिन्द्रा पनि स्वयं उनको प्रशंसक भएका छन् ।
आनन्द महिन्द्राले बुधबार उनको यस अद्भुत यात्रालाई ट्विट गर्दै उनको आफ्नी आमालाई गरेको प्रेमको प्रशंसा गरेका छन् ।
आमासँग यात्रा गर्नका लागि कृष्णा बेंगलुरुमा कर्पोरेट सेक्टरको जागिर पनि छाडेका छन् र २० वर्षको पूरानो बजाजको स्कुटर लिएर तीर्थयात्रामा निस्किए । यता उनको आमा चुडारत्न कर्नाटको मैसुरमा एक्लै थिइन् । र उनले छोरालाई ‘बेलुरहडी’ हेर्न चाहन्छु भनेर आग्रह गरिन् ।
कुमार भन्छन्, ‘संयुक्त परिवारमा मेरो बुबाको मृत्यु हुनुभन्दा पहिले आमा भान्छाकोठामा मात्र व्यस्त रहन्थिन् । मैले संकल्प लिएँ की मेरी आमालाई पनि राम्रो समय गुजारा गर्ने हक, अधिकार रहेको छ ।
यसपछि म बुबाले २० वर्ष पहिले मलाई दिनुभएको उपहार ‘स्कुटर’ लिएर आमालाई घुमाउन निस्किएको हुँ ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 11 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- 1 hour ago

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।