पूर्वप्रधानमन्त्री पत्नीलाई भ्रष्टाचार आराेपमा पक्राउ
- रासस
- मंगलबार, २६ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

मलेसिया । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ ।
पक्राउ पर्नु पहिले उहाँलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्नका लागि भनी बोलाइएको थियो । तर उहाँलाई पछि त्यहीबाट पक्राउ गरिएको थियो ।
उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रोसमाह तथा उहाँका पूर्व विशेष सहयोगीलाई गत बर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो ।
रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो । उनका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो ।
आरोपित दुवै जनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् । सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तीको शुद्धिकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानविन गरिसकिएको छ ।
पछिल्लो सोलार प्यानल आयोजनाबारेको आरोपमा उनले मलेसियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३०० विद्यालयमा जोडिएको सौर्य उर्जा विना टेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिसन लिएको आरोप लगाइएको छ ।
उक्त टेन्डरका लागि पूर्व प्रधानमन्त्रीसमेतको अनुमति रहेको दावी गरिने गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री नाजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उनका मुद्दामाथि गत हप्तादेखि सुनुवाई शुरू भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 2 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 8 minutes ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 15 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।