तीव्र गतिकाे इन्टरनेट चलाउन पाउँदा बागलुङवासी खुशी

सांकेतिक तस्वीर

बागलुङ । गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी छन् । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो ।

 

‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो । डेढ सय घरधुरी रहेको रमुवामा चाप कम भएका कारण इन्टरनेट तीव्र र स्तरीय छ । 

 

बडिगाड गाउँपालिका–८ खोलाखर्कमा पनि ‘थ्रिजी’ विस्तार भएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । खोलाखर्कका झण्डै चार सय घरधुरी उक्त सेवाबाट लाभान्वित छन् । 

 

सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित दुवै गाउँ भौगोलिक हिसाबले विकट छन् । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । 

 

‘थ्रिजी’ सेवाको डाटा र भ्वाइस दुवैमा सुधार आएपछि प्रयोगकर्ता पनि सन्तुष्ट भएका छन् । ‘बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा विस्तार भइरहेको छ’, वरिष्ठ इञ्जिनीयर शर्माले भने, ‘दुर्गम क्षेत्रमा पनि पहुँच पुगेको छ ।’ 

 

बागलुङसँगै म्याग्दी, पर्वत र मुस्ताङका विकट क्षेत्रमा पनि ‘थ्रिजी’ सेवा विस्तारको काम भइरहेको छ । म्याग्दीको पोखरेबगर, पर्वतको अम्बोट, लुङ्खु देउराली र गहतेपोखरामा पनि हालैमात्र ‘थ्रिजी’ सेवा शुरु भएको छ । मुस्ताङको चराङ, घमी, लोमान्थाङ र छुसाङमा ‘थिज्री’ सेवाका लागि पूर्वाधार तयारीको काम अघि बढाइएको छ । 

 

यस्तै बागलुङको भिमापोखरा, दर्लिङ, रेश, बलेवा, पर्वतको शङ्करपोखरी र म्याग्दीको बिममाा ‘थ्रिजी’ को क्षमता बढाइएको टेलिकम कार्यालयले जनाएको छ । चालु आवभित्रै धवलागिरिका दश नयाँ ठाउँमा ‘थ्रिजी’ सेवा पुर्‍याइने कार्यालयका इञ्जिनीयर विज्ञान भट्टराईले बताए । 

 

जिल्लाको भकुण्डे, रायडाँडा, तमान, रिघा, बिजौरे, नागबेली खोला, खुङ्खानी, पर्वतको आर्थर डाँडाखर्क, म्याग्दीको अर्मन र मुस्ताङको जोमसोममा ‘थ्रिजी’ सेवा विस्तार हुँदैछ । 

 

निर्माणाधीन अवस्थामा रहेको नयाँ ‘जिएसएम बिटिएस’ टावरबाट ‘थ्रिजी’ सेवा उपलब्ध गराउने टेलिकमको योजना छ । जिल्लाको अमरभूमि, खुङ्गा, नाम्दुक, म्याग्दीको बरङ्जा, मुस्ताङको छोसेर कोरला र घाँसामा नयाँ टावर निर्माण गरिँदैछ । थप नयाँ ठाउँमा टेलिकमको सेवा विस्तारका लागि सर्वे भइरहेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । बागलुङ–रुकुमको सीमा क्षेत्र, म्याग्दीको चिमखोला, पर्वतको राम्जादेउराली र मुस्ताङको टुकुचेमा नयाँ टावर बन्नेछन् । 

 

टेलिकमका अनुसार समयमै काम भए अर्को वर्ष एक सय ८ ठाउँबाट ‘थ्रिजी’ सेवा शुरु हुनेछ । ‘थ्रिजी’ प्रविधिमार्फ्त ‘‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवा ग्राहकले पाइरहेका छन् । 

 

सात दशमलव २ ‘एमबिपिएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ । चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिक जनसङ्ख्या भएको  ठाउँमा ‘थ्रिजी’ सेवा पुगेको बताइएको छ । 

 

देशका ठूला शहरमा ‘फोरजी’ सेवा सञ्चालनमा आए पनि धवलागिरिमा भने उक्त सेवा शुरु हुनसकेको छैन । ‘फोरजी’ सेवा सञ्चालनको लागि तयारी अघि बढेको र यसैवर्ष धवलागिरिका मुख्य शहरी क्षेत्रमा सेवा विस्तार हुने नेपाल टेलिकमले जनाएको छ । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 5 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 5 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।