इन्टरपोलमा नेपालको मत कसलाई ?
- शुक्रबार, ७ मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौं । एक सय ९४ राष्ट्रले मत दिएर अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको नयाँ अध्यक्ष छानेका छन् । दुबईमा भएको इन्टरपोलको बैठकमा धेरैको अनुमानविपरित रुसी उम्मेदवार अलेक्जेन्डर प्रोकोपुचक पराजित हुनुभयो । उहाँलाई दक्षिण कोरियाका किम जोङ याङले पराजित गर्नुभएको हो । हालका अपाध्यक्ष अलेक्जेन्डरलाई पराजित गर्न रुसविरोधी युरोपेली देश एकजुट भएका थिए र उनीहरुको निर्णायक बन्यो । रुसी उम्मेदवारलाई हराउन पश्चिमाहरु हात धोएर लागेको आरोप रुसले लगाएको छ ।
विभिन्न देशका मतदातामाथि दबाब दिएको आरोप रुसको छ । चीनले इन्टरपोलका अध्यक्ष मिङ होङवेललाई पक्राउ गरी भ्रष्टाचारको अभियोगमा कारबाही चलाएपछि नयाँ अध्यक्षका लागि निर्वाचन भएको हो । इन्टरपोलको इतिहासमा यसपटकको निर्वाच निकै महत्वपूर्ण र विवादास्पद बनेको छ । रुसी उम्मेदवारलाई रोक्न पश्चिमाहरु जुन तरिकाले लागे– त्यसले भविष्यमा नयाँ चुनौती सृजना गर्न सक्छ । फरार सूचीमा रुसले आफ्नो स्वार्थअनुसारका व्यक्तिको नाममा चलखेल गर्न सक्ने भन्दै रुसी उम्मेदवारलाई रोकिएको थियो ।
इन्टरपोलको बैठकमा सहभागी हुन नेपालबाट आईजीपी सर्वेन्द्र खनाल, डीआईजी नीरज शाही र इन्टरपोल शाखाप्रमुख एसएसपी उमेशराज जोशी दुबई पुग्नुभएको थियो । आजको साप्ताहिक विमर्शबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 6 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु
- 12 minutes ago

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
इजरायलको रोजगारी पुन: खुल्यो
- 38 minutes ago

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।