के एल राहुल र गेल चम्किँदा पञ्जाबद्वारा बैंगलोर ८ विकेटले पराजित

  • शुक्रबार, ३० असोज, २०७७
  • 1 week ago
  • खेल

काठमाडौं । दुबईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पुछारमा रहेको किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ । 

 

गएराति शारजाह क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । 

 

बैंगलोरले पन्जाबलाई जितका लागि दिएको १७२ रनको लक्ष्य दिएको थियो । जवाफमा पन्जाबले निर्धाति २० ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनाएको हो । 

 

पन्जाबका लागि के एल राहुल र क्रिस गेलले अर्धशतीकय पारी खेले । ४९ बल खेलेका राहुलले १ चौका र ५ छक्काको सहयोगमा ६१ रन बनाए । त्यस्तै ४५ बल खेलेका गेलले १ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । 

 

पन्जाबका लागि मयंक अग्रवालले ४५ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहालले एक विकेट लिन बाहेक अन्य कुनै बलरले विकेट लिन सकेनन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।  

 

बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै शिभम दुबेले २३ रन बनाउँदा अरोन फिन्चले २० रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले र मर्गान अश्विनले समान दुई–दुई विकेट लिए । 

 

त्यस्तै अर्सदीप सिंक र क्रिस जोर्डानले समान एक–एक विकेट लिए ।  जित निकालेसँगै पन्जाबले आठ खेलबाट चार अंक जोड्दा तालिकाको पुछारमा कायम छ भने समान खेल खेलेको बैंगलोर ५ जित निकाल्दा १० अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 4 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 4 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 5 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।