मुम्बई शीर्ष स्थानमा, कोलकता ८ विकेटले पराजित

  • शनिबार, १ कार्तिक, २०७७
  • 1 week ago
  • खेल

काठमाडौं । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेट अन्तर्गत  मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो । 

 

शेख ज्यायद क्रिकेट स्टेडियममा कोलकाताले मुम्बई इन्डियन्सलाई जितका लागि १४९ रनको लक्ष्य पछएको कोलकाताले १६ ओभर ५ बलमा २ विकेट गुमाउँदै १४९ रन बनायो ।

 

मुम्बईका लागि क्विन्टन डीककले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ९ चौका र ३ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले २१ रनको योगदान गरे । 

 

बलिङतर्फ कोलकात्ताका लागि भरुन चक्रवर्ति र शिभम मावीले समान एक–एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनाउन सफल भएको थियो । 

 

कोलकाताका लागि प्याट कमिन्सले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । त्यस्तै कप्तान इयान मोर्गानले ३९ रन बनाउँदा सुभम गिलले २१ रनको योगदान गरे । 

 

बलिङतर्फ मुम्बईका लागि राहुल चहारले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्स, नाथन कट्रेल र जस्प्रित भुम्राहाले समान एक–एक विकेट लिए । 

 

शुक्रबारको खेलमा जित निकाल्दै मुम्बई ८ खेलबाट १२ अंकसँगै शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको कोलकात्ता ८ अंकसँगै तालिकाको चौथो स्थानमा रहेको छ ।  

 

यस्तै आज शनिबार विशेष २ खेल हुँदैछन् । पहिलो खेल ३ः४५ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् भने दोस्रो खेल ७ः४५ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 5 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 5 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 5 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।