डिभिलीयर्स चम्किँदा बैंगलोरले राजस्थानलाई हरायो

  • शनिबार, १ कार्तिक, २०७७
  • 1 week ago
  • खेल

काठमाडौँ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले  राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

 

राजस्थानले दिएको १७८ रनको लक्ष्य पछाएको बैंगलोरले १९.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

 

बैंगलोरका लागि एबी डिभिलीयर्सले २२ बलमा ५५ रन बनाउँदै आरसीबीलाई जित दिलाएका हुन् ।

 

त्यस्तै गुर्कीरात सिंह मनले अविजित १९ रन बनाए भने कप्तान विराट कोहलीले ४३ रन बनाउँदै आउट भए । त्यस्तै देवदत्त पाडिकलले ३५ र एरोन फिन्चले १४ रन बनाए ।

 

राजस्थानका बलर श्रेयस गोपाल, कार्तिक त्यागि र राहुल तेबाटियाले एक  विकेट लिएका थिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

 

राजस्थानका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ३६ बलमा ५७ रन बनाए भने रोबिन उथप्पाले ४१ रन बनाएका थिए । त्यस्तै जोस बटलरले २४ रन बनाए भने बेन स्टोकले १५, राहुल तेबतियाले अविजित १९ रन बनाएका थिए भने  सन्जु सामसनले ९ रन र जोफ्रा आर्चरले २ रन बनाएका थिए ।

 

यता बैंगलोरका बलर क्रिस मोरिसले ३ विकेट लिए भने युजवेन्द्र चहलले २ विकेट लिएका थिए ।

 

यो जितसँगै बैंगलोरले ९ खेलमा छैठौ जित निकाल्दै १२ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । 

 

 आजको हारपछि राजस्थानले ९ खेलमा ६ खेल हारेको छ भने अहिलेसम्म ३ खेल जित्दा ६ अंकसहित सातौं स्थानमा छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 51 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 1 hour ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 1 hour ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।