आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

  • मंगलबार, ४ कार्तिक, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं सस्करण अन्तर्ग को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

 

१ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै जित हात पारेको हो । राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथ ३४ बलमा २ चौका सहित २६ रनमा अविजित रहे । 

 

टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ को सामान्य रन बनाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ रनमा अविजित रहेका थिए । 

 

चेन्नईले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । जोफ्रा आर्चरले तेस्रो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई जस बटलरबाट १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । 

 

जारी आइपिएलमा चेन्नईको यो सातौं हार हो । योसँगै चेन्नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने डर बढ्दै गएको छ । चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएरमात्र हुँदैन अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्नेहुन्छ । राजस्थानले चौथो जित निकाल्दै झिनो आशा कायमै गरेको छ । 

 

राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घरसँगै साह परिवारको सपना खरानी

  • 8 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

  • 11 minutes ago
गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

दमक । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुल

भारतमा ९० लाख संक्रमित निको भए

  • 47 minutes ago
भारतमा ९० लाख संक्रमित निको भए

एजेन्सी । भारतमा कोरोना संक्रमित बढेसँगै निको हुनेको संख्या पनि धेरै रहेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित निको हुनेमा भारत रहेको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।