दिल्लीमाथि पञ्जाबको जित, दिल्लीका धवनले राखे यस्तो कीर्तिमानी

  • बुधबार, ५ कार्तिक, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।  

 

पञ्जाबको जितमा निकोलस पुरनले २८ बलमा ५३ रन बनाए भने ग्लेन म्याक्सवेलले ३२ र क्रिस गेलले १३ बलमा २९ रनको योगदानी दिए ।

 

त्यस्तै कप्तान केएल राहुलले १५, मयंक अग्रवालले ५ दिपक हुड्डाले अविजित १५ र जेम्स नीशामले अविजित १० रन बनाए ।  

 

दिल्लीका बलर कागीसो रबाडाले २ विकेट लिए भने अक्सर पटेल र आर आश्विनले एक/एक विकेट लिएका थिए ।      

 

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।

 

दिल्लीका लागि शिखर धवनले शतकीय पारि खेलेका थिए । धवनले ५७ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । धवनले अविजित १०६ रन बनाएका थिए । धवनको आइपिएलमा यो लगातार दोस्रो शतक हो । उनले अघिल्लो खेलमा चेन्नई सुपरकिंग्सविरुद्ध अविजित १०१ रन बनाएका थिए । उनको नाममा नयाँ कीर्तिमान बनेको छ । आइपिएल इतिहासमा लगातार दुई शतक जोड्ने उनी एकमात्र खेलाडी बनेका छन् । 

 

त्यस्तै कप्तान श्रेयस अय्यर र रिषव पन्तले १४-१४ रन बनाए भने पृथ्वी शले ७ रन बनाउँदा मार्कोस स्टोइनिस ९ रन बनाएर आउट भए भने सीमरन हेटमेयरले १० रन बनाए । 

 

पञ्जाबका बलर मोहमद सामीले २ विकेट लिए भने  ग्लेन म्याक्सवेल, जेम्स नीशाम र मुर्गन आश्विनले एक/एक विकेट लिएका थिए ।

 

यो जितसँगै किंग्स इलेभेन पञ्जाबले चौथो जित निकाल्दै ८ अंकसहित पाचौं स्थानमा छ । दिल्ली भने १४ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 2 minutes ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

घरसँगै साह परिवारको सपना खरानी

  • 13 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

  • 16 minutes ago
गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

दमक । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुल



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।