अमेरिकामाथि इरानले परमाणु हमला गर्न सक्छ कि सक्दैन ?

एजेन्सी । इरान र पश्चिमी देशबीचको परमाणु सम्झौता अन्ततः समाप्त भएको छ ।  यो सम्झौता चार वर्ष अगाडि भएको थियो । 

 

अमेरिकी आक्रमणमा इरानका सेनाको विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको हत्या पश्चात् दुवै देशबीच तनाव बढेको छ । यस्तोमा परमाणु सम्झौता रद्द हुनुको नतिजा के हुनसक्छ ? यसको लागि सर्वप्रथम परमाणु सम्झौतामा के थियो भन्ने बुझ्नु आवश्यक हुन्छ । 

 

इरानले सधैँ आफ्नो परमाणु कार्यक्रमलाई शान्तिपूर्ण दाबी गर्दै आएको थियो । तर पश्चिमा देशहरू इरानको परमाणु कार्यक्रमप्रति शंकाको दृष्टिले हेर्दथे । इरान परमाणु बमको विकासमा तल्लीन रहेको उनीहरूको बुझाई थियो । 

 

यसकारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्, अमेरिका र युरोपियन युनियनले सन् २०१० मा इरानमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१५ मा इरानले ६ देशहरूसँग सम्झौता गरेको थियो । 

 

अमेरिका, ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीसँग गरेको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित गरेको थियो । त्यसको बदलामा इरानलाई प्रतिबन्धबाट राहत मिलेको थियो । 

 

सम्झौताअनुसार इरानले युरेनियम संवद्र्धन कार्यक्रम रोक्नुपर्‍यो । युरेनियम संवद्र्धन ‘रियाक्टर’ इन्धन बनाउनको लागि प्रयोग हुन्थ्यो । परमाणु हतियार बनाउन समेत यसको प्रयोग हुने गर्दथ्यो । 

 

सम्झौता कसरी टुट्यो ?

 

सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मईमा सम्झौता रद्द गर्दै इरानमाथि पुनः प्रतिबन्ध लगाएका थिए । इरानसँग नयाँ सम्झौता होस् भन्ने ट्रम्प चाहन्थे ।

 

ट्रम्पले इरानसँग इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र क्षेत्रिय संघर्षमा उसको सहभागिता रोक्ने प्रावधान सहितको नयाँ सम्झौता चाहेका थिए । सो कुरा इरानले अस्वीकार गरेको थियो । 

 

यसले गर्दा इरानको मुद्रास्फिती बढ्यो र इरानको मुद्रामा गिरावट आयो । सन् २०१९ को मईमा इरानमाथिको प्रतिबन्धलाई थप कडा बनाइयो । त्यसपछि इरान समेत सम्झौतामा गरिएका प्रतिबद्धताहरूबाट पछि हट्न थाल्यो । 

 

ट्रम्पको शासनकालमा इरान र अमेरिकाबीचको सम्बन्धमा दरार पैदा भयो । र जनवरी २०२० मा यो सम्झौता पुरै टुट्न पुग्यो । अमेरिकाले जनवरी ३ मा इराकी विमानस्थल नजिकै इरानी जनरल कासिम सुलेमानीको हत्या गर्‍यो । त्यसपछि जनवरी ५ मा इरानले परमाणु सम्झौता नमान्ने घोषणा ग¥यो । 

 

इरानले अब सम्झौतामा उल्लेख गरिएका कुनै पनि प्रावधानहरू नमान्ने बताएको छ । सम्झौतामा युरेनियम संवद्र्धन कार्यक्रमलाई सीमित गर्ने प्रावधान समेत थियो । 

 

यद्यपि इरानले आफू परमाणु सम्झौताबाट पूर्णतया पछि हटे–नहटेको स्पष्ट रुपमा जनाएको छैन । तर इरानले संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए)सँग सहयोग र सहकार्य जारी राख्ने बताएको छ । 

 

जुन सम्झौता भएको थियो, त्यसअन्तर्गत एउटा युद्धलाई रोकिएको थियो । यो सम्झौतामा हस्ताक्षर हुनपूर्व इरानको परमाणु कार्यक्रमका कारण इजरायलले हमला गर्नसक्ने सम्भावना थियो । 

 

सम्झौता नमान्ने इरानको घोषणाले के होला ? 

 

इरानले अब आफूले यूरेनियम संवद्र्धन कार्यक्रमलाई पुनः सुचारु गर्ने बताएको छ । यससँगै इरानले कति दिनमा न्युक्लियर बम बनाउन सक्ला भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

 

न्युक्लियर सम्झौतामा इरानलाई न्युक्लियर संवद्र्धनको सीमा ३ दशमलव ६७ प्रतिशत तोकिएको थियो । अमेरिकाका अनुसार जुलाई २०१५ भन्दा अघि नै इरानसँग ठूलो मात्रा संवद्र्धन गरिएको युरेनियम थियो । 

 

यसका साथै इरानसँग २० हजार सेन्ट्रिफ्युजेज रहेको बताइन्छ । यसले दशवटा न्युक्लियर बम बनाउन सकिने आँकलन गरिएको छ । त्यतिबेला अमेरिकी विज्ञहरू इरानले चाहेको खण्डमा २–३ महिनाभित्रै त्यस्तो बम बनाउन सक्ने बताउँथे । 

 

हालको इरानको क्षमताअनुसार उसले चाहेमा १ वर्षभित्र न्युक्लियर बम बनाउन सक्ने बताइन्छ । यदि उसले युरेनियम संवद्र्धन २० प्रतिशतको दरले बढाएमा त्यो भन्दा कम समयमा परमाणु बम बनाउन सक्दछ । 

 

के इरानले परमाणु हमला गर्न सक्छ ?

 

इरानले जहिल्यै आफूले परमाणु हतियार विकासको लागि कोशिस नगरेको बताउँदै आएको छ । आफ्नो परमाणु कार्यक्रमलाई उसले शान्तिपूर्ण बताउँदै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले त्यसमा विश्वास गरेन ।

 

अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीसँग त इरानले सन् २००३ भन्दा पहिले न्यूक्लियर एक्सप्लोजिभ डिभाइस निर्माण गतिविधि गरिरहेको प्रमाण नै छ । यस्तो गतिविधि सन् २००९ सम्म नै चलेको थियो । 

 

हाल इरानले मध्यपूर्वका अलावा देशभित्र नै अनेक चुनौतिहरूको सामना गर्नु परिरहेको छ । यस्तो अवसथामा इरान पूर्णरुपमा युद्धमा उत्रिन्छ कि उत्रिदैँन भन्ने अनुमान लगाउन गाह्रो छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

  • 20 minutes ago
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 1 hour ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

  • 1 hour ago
कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्ध रहेका छन् ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।