इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी
- सोमबार, ९ बैशाख, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ ।
अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सन् २०१९ मा तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।
अमेरिकी अखबार वासिङ्टन पोस्टले समेत गत वर्ष इरानी तेलको आयातमा केही आयातकर्तालाई दिइएको छुट तत्काल अन्त्य गर्न ह्वाइट हाउसले तयारी गरेको समाचार छापेको थियो ।
बेन्चमार्क कच्चा तेलको मूल्यमा सोमबार ३।२ प्रतिशतसम्म वृद्धि भएर प्रति ब्यारेल ७४।३१ अमेरिकी डलर पुगेको छ । यो दर गत वर्ष नोभेम्बर १ को तुलनामा सबैभन्दा उच्च हो । इरानी तेलमाथि हुने प्रतिबन्धले आयातमा प्रभाव पर्नेछ ।
अमेरिकी कम्पनी वेस्ट टेक्सास इन्टरमेडियट ९डब्लुटीआई० को मूल्यमा पनि ३ प्रतिशत वृद्धि भएर प्रति ब्यारेल ६५।८७ डलर कायम भएको छ । यो मूल्य गत अक्टोबर ३० यताकै सबैभन्दा उच्च हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि “अधिकतम आर्थिक दबाब” सिर्जना गर्न इरानी तेल निर्यातमा प्रतिबन्ध लगाउने र तेलबाट हुने राजश्वलाई शून्यमा झार्ने रणनीति अघि सारेका छन् ।
गत नोभेम्बरमा अमेरिकाले इरानी तेल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएलगत्तै इरान र अमेरिका सहित विश्वका छ वटा महाशक्ति राष्ट्रहरुबीच भएको सन् २०१५ को आणविक सम्झौताबाट एकपक्षीय रुपमा अमेरिका बाहिरिने घोषणा गरी इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।
तर वासिङ्टनले इरानी तेल आयातकर्ता आठवटा मुलुकलाई केही समयका लागि तेल आयातमा छुट दिने निर्णय गरेको थियो । खासगरी चीन, भारत, जापान, दक्षिण कोरिया, ताइवान, टर्की, इटाली र ग्रीसलाई यस्तो सुविधा उपलब्ध थियो । यी मुलुकलाई छ महिनाका निम्ति इरानी तेल आयातमा छुट दिइएको थियो ।
सोमबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आगामी मे २ तारिखदेखि यस्तो सुविधा प्राप्त नहुने घोषणा गर्न लागेको ह्वाइट हाउस स्रोतले जनाएको छ ।
यस वर्ष तेल निर्यातकर्ता मुलुकहरुको संगठन (ओपेक) ले आपूर्ति कटौती गरेका कारण कच्चा तेलको मूल्य बृद्धि भएको छ । परिणामस्वरुप, ब्रेन्ट कच्चा तेलको मूल्य जनवरी यतामात्र तीन पटकभन्दा बढी पटक बृद्धि भएको छ ।
विश्लेषकहरुले ट्रम्प प्रशासनले तेलको अस्वाभाविक मूल्य बृद्धि रोक्न ओपेक र यसको मुख्य नेतृत्वकर्ता साउदी अरेबियामाथि तल आपूर्ति कटौती नगर्न दबाब दिने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले इरानी तेलमाथिको प्रतिबन्धबाट सिर्जना हुनसक्ने असरका बारेमा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानसँग पनि गत साता फोनवार्ता गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 24 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 41 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 46 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।