इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै
- आइतबार, ३१ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन् ।
रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने बताउनुभयो ।
“इस्लामिक गणतन्त्र इरानले रोजेको प्रतिरोधको बाटोलाई दृढतापूर्वक निरन्तरता दिनेछ,” रौहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा भने ।
“हरेक पटक हामी षड्यन्त्रलाई चिर्न सफल भएका छाँै र यसमा इरानी जनता तथा सरकार एकताबद्ध छन् ।”
गत मे महिनामा सहयोगी मुलुकहरूको आग्रहमा अमेरिकाले तेहरान र विश्व शक्ति राष्ट्रसँग गरेको सहमतिबाट फिर्ता हुने निर्णय गरेको थियो । यससँगै अमेरिकाले इरानमाथि पुन आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीसँगै कैयौँ बहुराष्ट्रिय फर्म तथा कम्पनीलाई इरानसँग कारोबार रोक्नसमेत भनिएको थियो ।
“नाकाबन्दीका बिषयमा संयुक्त राज्य अमेरिका झन्भन्दा झन् एक्लिएको छ, ” उनले भने ।
अमेरिकाको गैरकानूनी तर्कमा कुनै पनि अन्तर्राष्ट्रिय संघसंस्थाले समर्थन जनाउने छैनन् ।
सम्झौताबाट फर्किने र नाकाबन्दी लगाउने ट्रम्पको घोषणासँगै इरानमाथि खासगरी इरानी मुद्रामा भने समस्या चुलिन थालेको छ । विगत नौ महिनामा इरानी रियलको मूल्य डलरसँगको तुलनामा झण्डै ५० प्रतिशतले अवमूल्यन भएको छ ।
कैयौँ आयातकर्ता तथा निर्यातकर्ताहरूले विदेशी मुलुकसँग ब्यापार गर्न आफूसँग डलरको अभाव भएको बताउँदै आएका छन् ।
तर रौहानीले आफ्ना सम्बोधनहरूमा सामान आयात तथा निर्यातका लागि चाहिने आवश्यक मुद्राको सुनिश्चितता गर्ने बताउने गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।