विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति
- शुक्रबार, २९ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

क्वामिस्ली, सिरिया । सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् ।
बिहीबार घोषणा गरिएको सहमति अनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् ।
इस्लामिक स्टेट विरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको युद्धका क्रममा विस्थापित दशौं हजार व्यक्ति यी शिविरमा आश्रय लिइरहेका छन् ।
उनीहरुको स्वास्थ्यलगायतको अवस्था निकै कमजोर रहेकाले जतिसक्दो चाँडो स्वदेश फर्काउनु परेको हो ।
सहमति गरी आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने प्रयोजनका इराकी मन्त्रिपरिषदका केही सदस्य बिहीबार सिरिया पुगेका थिए ।
एकजना कुर्द अधिकारी महमुद केरोले भने– अहिलेसम्म फिर्ता हुन चाहनेमध्ये चार हजारले हस्ताक्षर गरिसकेका छन् र उनीहरु इराकी सीमा खुला हुने प्रतीक्षामा छन् । केरोका अनुसार अधिकांश विस्थापित व्यक्तिहरु खासगरी सिरियामा जन्मिएका बालबालिकासँग इराकी परिचय पत्र छैन ।
यस प्रयोजनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न इराक सरकारलाई आफूहरुले आग्रह गरेको ती कुर्दिस अधिकारीले जानकारी दिएका छन् ।
केही वर्षअघिदेखि नै आत्मसमर्पण गरेर सिरियाली भूभागमा रहेका र कुर्दिस् जेलमा परेका इस्लामिक स्टेट्सका लडाकूलाई भने यो स्वदेश फिर्ती कार्यक्रममा नपठाइने पनि ती अधिकारीले जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 9 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।