'आइएसका लडाकु मार्न एकदम सजिलो छ'

एजेन्सी । एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बिचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वातामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् । ड्यानिस महिला जोएना पलानीले इस्लामिक लडाकुहरुसँग लड्न जादाँका केही घटना बताएकी छिन् । 

 

सन् २०१४ मा उनले डेनमार्क छोडेकी थिइन् । विश्वभरका मानिसहरुको मानव अधिकार सुरक्षाका निम्ति भन्दै उनीले कदम लिएकी थिइन् । 

 

‘आइएस आतंकवादीहरु त्यती कठोर मलाई लागेन । सिरियन सरकार दिएको तालिम लिएर गएका सैनिकलाई भने उनीहरुलाई मार्न निकै गाह्रो भएको देखिन्छ । आइएसका लडाकु मार्न एकदम सजिलो छ ।’ उनी भन्छिन् ।

 

उनले भन्छिन्,‘आइएसका लडाकुहरु सजिलै आफ्नो ज्यान दिन तयार हुन्छन् । तर असादका सैनिकहरु कुटनैतिक रुपमा एकदम बलिया र उनीहरु स्पेशलिष्ट किलिङ मेसिनहरु हुन् ।’

 

पलानी सबैभन्दा पहिला सिरियाको रोजोभा गएकी थिइन् । त्यहाँ उनले ६ महिना बिताइन् । उनी त्यस्ता केही लडाकु युवती हुन् जो आफ्नो ठाउँ फर्केर इराक र सिरियाको कथा बताउनेमा पर्छिन् । उनी शरणार्थी क्याम्प रामादीमा जन्मेकी थिइन् । उनी पछि कोपनहेगन बसाई सरेकी हुन् । 

 

सिरियामा लड्न गएको पहिलो पटक उनको स्विडिस साथी मारेकी थिइन् । उनले पहिलो पटक स्नाइपरको घुवाँ महसुस गरिन् । उनको कपडा भरि उनको साथीको रगत लागेको थियो । उनलाई बालिकाहरुको बलात्कार र सेक्स बन्दीहरुको कथाहरुले अचम्म बनाएको थियो ।’

 

उनी भन्छिन्,‘म लडाकु भएर पनि मलाई एक १० वर्षे बालिकाको बलात्कार पश्चात रगत बगेर मृत्यु भएको खबरले सधै झस्काइ रह्यो । म त्यस्तो खबर पढ्न नसक्ने भएकी थिए ।’

 

सिरियन डेमोक्रेटिक फोर्सेज संयन्त्र निर्माया भएपछि सन् २०१५को अक्टोबर यता आइएस विरुद्ध उल्लेख्य प्रगति भएको उनको दाबी छ । 

 

पलानी मात्रै होइन आइएस विरुद्ध केही यस्ता व्यक्तित्वहरुले पनि उनीहरुको कथा बताएका छन् । अबु तहसिन नाम गरेका एक सैनिकले त आफुले १७० जना आइएसका लडाकु मारेको दाबी गरेका थिए ।   

 

लडाईमा होमिएका धेरैले आफ्नो परिचय लुकाएर बस्छन् । उनीहरु बाहिर एक्सपोज हुन चाहदैनन् । तर केही यस्ता मानिसहरु पनि जसले विश्वलाई आफ्नो कुरा राख्नुपर्छ भन्ने विश्वास गर्छन् । यिनै मध्येकी हुन् पलानी र अबु ताहिन । 

 


थप समाचार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 6 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 21 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 34 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।