क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ जना आइएस लडाकू मारिए

Global IME
Norvic Hospital

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् । 

 

आइएस लडाकू लुकेर बसेको स्थानलाई लक्ष्य गर्दै संयुक्त गठबन्धन सेनाले लामो दुरीसम्म आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रहार गरेको सेनाद्वारा सोमबार जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ । 

 

नान्गाहार प्रान्तको खोग्यानी जिल्लाको वजीरी इलाकामा भएको यस कारबाहीमा परी मारिने आइएसका नेता अबु साद इर्हाबी रहेका छन् । 

 

साथै सो कारबाहीमा अरु १४ जना आइएस आतङ्ककारी पनि मारिएका अफगान सेनाले जारी गरेको सो विज्ञप्तिमा जानकारी दिइएको छ । प्रान्तीय राजधानी जलालाबादबाट दक्षिणपश्चिममा पर्ने यस पहाडी जिल्लामा भएको यस कारबाहीको क्रममा सात आतङ्ककारी घाइते भएका पनि जारी सो विज्ञप्तिमा जनाइएको छ । 

 

उक्त पहाडी क्षेत्रमा भएको सो क्षेप्यास्त्र कारबाहीमा परी अरु करिब सातजना आइएस लडाकू घाइते पनि भएका बताइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 34 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।