इस्तानबुलमा बस र ट्राम ठोक्किँदा १९ जना घाइते
- सोमबार, १९ मंसिर, २०७९
- 2 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम ठोक्किँदा कम्तीमा १९ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो।
घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्दारका निम्ति पुगेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
बस र ट्राम दुबै यात्रुहरूले भरिएका थिए ।
दुर्घटनाले बसमा ठूलो क्षति पुर्याएको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 17 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 20 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 33 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।