ज्याक माबाट सिक्नै पर्ने विशेष कुराहरु

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिनुभएको छ । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका छन् ।

 

चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन् । उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए ।

 

उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमा रहनेछन् । छत्तीस जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ ।

 

विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए ।  शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो ।

 

 ज्याक मासँग धन र सुख दुवै छ । केही दिनअघि आफ्नो कम्पनीको वार्षिकोत्सव समारोहमा माइकल ज्याक्सनको गीतमा नाचेर उनले रमाइलो जीवनको महत्व प्रस्तुत गरे । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि ?

 

तपाईंलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार ।

 

तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन । तपाईंले प्रयास नै गर्नुभएको छैन भने कसरी थाहा हुन्छ कि कुनै अवसर छ या छैन रु

 

कहिल्यै हार नमान्नुहोस् । किनभने, आज कठिन छ, भोलि झनै कठिन हुनेछ । तर, नआत्तिनुहोस्, पर्सि अवश्य तपाईंको दिन आउनेछ।

 

 संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको ।

 

वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् ।

 

आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्याट’ले तपाईं शिखर चुम्न सक्नुहुन्न ।

 

हार मान्नुभएन भने तपाईंसामु अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

 

जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । आफँैप्रति गुनासो गर्न पनि छाड्नुहुन्न ।

 

सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो ।

 

जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् ।

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

  • 21 minutes ago
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर

दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

  • 29 minutes ago
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

  • 35 minutes ago
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।