एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र, आएको १४ लाखको काम बालुवाको पानी बन्यो

Global IME
Mega Bank
Norvic Hospital

पर्वत । साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । 

 

दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा रु १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र  निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो । 

 

रु १४ लाखमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर आवश्यक परेको बजेट नआउँदा नौ वर्ष अगाडि इँट्टाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ ।

 

२५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि तत्कालीन समयमा आएको रु १४ लाखको काम बालुवाको पानी बनेको छ । जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रकाश पौडेलले निर्माण कार्य पूरा गर्नका लागि हरेक वर्ष बजेटको माग गरिएको भए पनि कही कतैबाट बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको बताए । 

 

विसं २०६६ मा  निर्माण शुरु गरिएको बन्दीगृहको काम १० प्रतिशत मात्र सकिएको छ । एक वर्षभित्रमा  निर्माण गरिसक्ने भनिएको बन्दी गृहको काम निर्माण शुरु गरेको नौ वर्ष हुँदा ९० प्रतिशत काम बाँकी रहेको छ ।

 

महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो । महिला बन्दी गृह निर्माण हुन नसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

  • 26 seconds ago
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

  • 13 minutes ago
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

  • 29 minutes ago
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।