महिलाको हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला

  • शुक्रबार, १९ मंसिर, २०७७
  • 4 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

उदयपुर । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । 

 

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो ।

 

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताए । हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले केन्द्रीय समिति बैठक बस्दै, माधव समूहद्वारा बहिस्कार

  • 19 minutes ago
एमाले केन्द्रीय समिति बैठक बस्दै, माधव समूहद्वारा बहिस्कार

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको हो ।

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

  • 37 minutes ago
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

धनगढी । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् ।

अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

  • 1 hour ago
अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ ।



पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।