एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय

एजेन्सी । सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ । 

 

अमेरिकी विशेष फौजले ४७ वर्षीय मुस्तफा अल–इमामलाई लिबियाबाट पक्राउ गरी अमेरिकामा मुद्दा चलाएको थियो । मुस्तफामाथि आतंकवाद र अन्य अपराधमा दोषी ठहर गरिएको थियो । अमेरिकी जिल्ला न्यायालयले मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

 

लिबियाको बेंगाजीस्थित अमेरिकी नियोग र सिआइएको परिसरमा सेप्टेम्बर ११, २०१२ मा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अरु तीन जना अमेरिकी मारिएका थिए । 

 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकमाथि जघन्य अपराधमा संलग्न जोकोहीमाथि कडा सजाय गर्न अमेरिका प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

 

इमामलाई अमेरिकी विशेष फौजले अक्टोबर २०१७ मा लिबियामा गिरफ्तार गरी अमेरिका ल्याएको थियो । बेंगाजी आक्रमणका अर्का दोषी अहमद अबु खट्टालालाई पनि अमेरिकामा मुद्दा चलाई २२ वर्षको जेल सजायमा थुनिएको छ । 

 

राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमै निकै ठूलो तरङ्ग ल्याएको थियो । तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलोचना भएको थियो । तर उहाँले आफूले कुनै गलत कार्य नगरेको दाबी गर्दै आएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 1 minute ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 38 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।