जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा ग्राउण्डेड गरिएको बताए।
उनले भने, “जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका छिटा जस्ता पनि देखिएका छन्, चरा भेटिएन, कतै चरा इञ्जिनमा छिरेको आशङ्काले प्राविधिक टोली आएर जाँच गरेपछि जहाज उडाइनेछ।”
यस विषयमा अहिले अनुसन्धान भइरहेको बताइएको छ। उक्त जहाजमार्फत कुवेत हुँदै विभिन्न मुलुक जान विमानस्थल पुगेका यात्रुलाई जहाज कम्पनीले होटलमा राखेको बताइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त जहाजमार्फत भैरहवा–कुवेत जाने यात्रुको सङ्ख्या ३८ छ। उक्त कम्पनीले यही जेठ २ गतेदेखि उक्त विमानस्थलबाट नियमित उडान सुरु गरेको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 4 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 4 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 6 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।