‘यदी बाजपेयी सकारले त्यो गल्ती नगरेको भए जम्मु काश्मिरमा यति ठुलो घटना हुने थिएन'

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । आज भारत शोकमा रहेको छ । जम्मु काश्मिरमा भएको दुई छुटाछुट्दै घटनामा एक जना मेजरसहित ४८ जना सैनिकले ज्यान गुमाएका छन् । यो घटनाको जडको बारेमा चर्चा भारतीय मिडिया तथा सुरक्षा विश्लेषकहरुले गर्न थालेका छन् ।

 

सन् १९९९ मा भएको त्यो घटनामा मसुद अजहरलाई नछोडेको भए आज यति ठुलो क्षति भारतले भोग्न नपर्ने सुरक्षा विश्लेषकहरुको तर्क रहेको छ ।

 

सन् १९९९ मा १७६ यात्रीहरु सवार विमान हाइज्याक भएपछि सुरु भएको घटनाहरु एकपछि अर्को गर्दै थप खतरनाक बन्दै गइरहेको उनीहरुको ठम्याइ रहेको छ । १७६ जना यात्रीहरुको सट्टा अटल बिहारी वाजपेयीको एनडीए सरकारले त्यतिखेर अजहरसहित तीन जना आतंकवादीहरुलाई छाडिदिएको थियो । 

 

के हो कंधार हाइज्याक मामिला ? 

२४ डिसेम्बर १९९९ मा नेपालबाट दिल्ली जाँदै गरेको इंडियन एयरलाइन्स एयरबस ए३०० अपहरण गरिएको थियो । अपहरणकर्ताले विमान अमृतसार, लाहोर र दुवई हुँदै कंघार, अफगान्सितान लगेका थिए । 

 

जहाजमा क्र्यु सदस्यसहित १८० जना रहेका थिए । अपहरणकर्ताले सुरुमा ३५ जना उग्रवादीहरुको रिहाइका साथै २०० मिलियन अमेरिकी डलर माग गरेका थिए । यो घटना सात दिनसम्म चलेको थियो । सन् १९९९ को डिसेम्बर ३१ मा अपहरणकर्ताले तीनजना कैदीको रिहाइको मागमा सहमत भएका थिए । अटल बिहारी बाजपेयी सरकारका विदेशमन्त्री जसवन्त सिंह आफैले तीन जना कुख्यात आतंकवादीहरु मौलाना मसुद अजहर, अहमद जरगर र शेख अहमद उमर सइदलाई लिएर कंघार गएका थिए । 

 

तीन जना आतंकवादीहरुको रिहाइ भएलगत्तै अपहरण भएको विमान पनि छोडिएको थियो । 

 

सन् १९९९ पछि जति पनि भारतमा आतंकवादी आक्रमण भए ती सबै ठुला आक्रमणमा अजहरको हात भएको बताइन्छ । जम्मु काश्मिरको इतिहासको यो सबैभन्दा ठुलो र डरलाग्दो आक्रमण हो । पुलवामा घटनाका मास्टरमाइण्ड नै मसुद अजहर रहेको मिडिया रिपोर्टमा उल्लेख भएको छ । जैश–इ–मोहमम्दका एक आतंकवादी आदिल अहमद डारले श्रीनगरमा डरलाग्दो घटना घटाएका थिए । उनले उक्त आतंकवादी आक्रमण गर्नु पुर्व नै एउटा भिडियो सार्वजनिक गरेका थिए ।

 

त्यस्तै चीनले पनि पाकिस्तानको पक्षमा बोल्दै भारतलाई झट्का दिएको छ । उसले जैश–इ–मोहमम्द का प्रमुख मुद अजहरलाई विश्व आतंकवादी सुचीमा राख्न भारतले गरेको अपिललाई समर्थन नगर्ने बताएको छ । भारत लामो समयदेखि अजहरलाई विश्व आतंकवादी सुचीमा राख्न चाहन्छ । 

 

चीन र पाकिस्तान दुवैले भारतमा भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् भने आफुहरुलाई उक्त घटनामा नमुछ्न समेत जबाफ दिएका छन् । चीनले प्रष्ट रुपमा नै आफ्नो भुमिकामाथि प्रश्न उठाउनुभन्दा पहिला प्रमाण देखाउन समेत चेतावनी दिएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

  • 12 minutes ago
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

  • 27 minutes ago
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन

झापाबाट अवैध सामान बरामद

  • 46 minutes ago
झापाबाट अवैध सामान बरामद

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।