जनकपुरको महावीर चोकमा पैसा नियतवस फालेको नभई गल्तीले झरेको प्रहरीको भनाई
- आइतबार, ७ बैशाख, २०७७
- 9 months ago
- नेपाल

जनकपुरधाम । शुक्रबार दिउँसो दुई महिलाले जनकपुरधाम उप–महानगरपालिका ४ महावीर चोकमा १० रुपैयाँका नोटहरु फाल्दै हिँडेको जानकारी प्रहरीले पाएपछि उक्त महिलाहरुको खोजीमा प्रहरी लाग्यो । नोटमा थुक्दै पैसा फालेको बताएपछि कोरोना भाइरस सार्ने षड्यन्त्र त होइन भन्दै स्थानीयहरु त्रसित भएका थिए ।
सीसीटिभीको मद्दतबाट ती महिलाहरु शनिबार दिउँसो पक्राउ पनि परे । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरकी अलिना खातुन र उनकी नन्द अमुना खातुनलाई प्रहरीले नियन्त्रणमा लियो ।
तर, अनुसन्धानको क्रममा ती दुई जना महिलाले सडकमा पैसा नियतवस फालेको नभई गल्तीले झरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले नियतवस नभई गल्तीले पैसा झरेको जानकारी दिए । नन्द भाउजु दुवै जना बैँकबाट पैसा निकालेर घर जाँदा बाटोमा झरेको अनुसन्धानबाट खुलेको हो। सिसिटीभी फुटेजमा समेत महिलाले जानीजानी पैसा नफालेको देखिएको उनले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर
- 22 minutes ago

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।
‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम
- 25 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा यो शब्द
निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी
- 39 minutes ago

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको दाबी गरेका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगल
पर्यटन
ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।