‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

जनकपुर । भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय तीर्थालु बोकेर गत मङ्गलबार हिँडेको सो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको थियो । 

 

रेलमा आएका भारतीय पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका पर्यटनमन्त्री सत्रुधन महतो लगायतले जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुगेर स्वागत गरेका थिए । एकैपटक यति सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा व्यापार व्यवसाय बढेको भन्दै व्यापारी उत्साहित बनेका हुन् । “भारतीय पर्यटकको आवागमनले हिजो एकैदिन जनकपुरधामको व्यापार व्यवसायी ह्वात्तै बढ्यो”, जनकपुरधामका होटल व्यवसायी श्याम साहले भने, “बजारमा भिडभाड बढेको छ, जसका कारण व्यापार व्यवसाय बढेको छ, हामी असाध्यै उत्साहित छौँ ।”  

 

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलमा भारतीय पर्यटकको आगमनले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र आर्थिक विकासले गति लिने उद्योग वाणिज्य सङ्घ धनुषाका अध्यक्ष जीतेन्द्र महासेठले बताए । 

 

“धार्मिक, सांस्कृतिक र ऐतिहासिक जनकपुर नगरीमा पहिलेदेखि भारतीय पर्यटक आउने गरेका छन्”, अध्यक्ष महासेठले भने, “तर यसरी एकैपटक यति सङ्ख्यामा भारतीय पर्यटक आउनु आफैँमा जनकपुरधामका लागि महत्वपूर्ण कुरा हो ।” यसबाट यहाँको आर्थिक विकास र पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ । 

 

भगवान् रामको ससुराली र माता सीताको माइती जनकपुरधामको भ्रमण गर्न पाएकामा भारतीय पर्यटकसमेत उत्साहित बनेका छन् । भारतीय पर्यटक आज बिहानैदेखि जनकपुरधामसहित धनुषास्थित विभिन्न धार्मिकस्थलमा पूजापाठ गरिरहेका छन् ।

 

जनकपुर आएपछि विभिन्न होटल तथा धर्मशालामा बसेका भारतीय पर्यटक बिहानैदेखि जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, शिव मन्दिर, जनक मन्दिर, सङ्कटमोचन मन्दिरलगायत धार्मिकस्थलमा पूजापाठ गरिरहेका छन् । 

 

यस्तै भारतीय पर्यटक आजै धनुषाको धनुषाधामस्थित पवित्र तीर्थस्थलमा पुगेर पूजापाठ गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। 

 

पर्यटकका लागि भारतीय राजदूतावासले सवारीसाधनको व्यस्थापन मिलाएको छ । भारतीय पर्यटकको स्वागत र सम्मानका लागि जानकी मन्दिर परिसरमा गएराति धार्मिक सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको थियो । 

 

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। 

 

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्को देखिन्छ ।

 

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित ‘स्टैच्यू अफ युनिटी’, दिल्लीमा रहेको नेसनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको छ ।

 

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 1 hour ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 1 hour ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा

कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

  • 1 hour ago
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।