जापान–अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने ट्रम्पको भनाई

Global IME
Norvic Hospital

टोकियो । जापानको चार दिने भ्रमणका लागि वासिङ्टनबाट छुट्नुपूर्व शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान– अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने बताएका छन् । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र जापानबीच रहेको व्यापार नीतिका कारण अमेरिकालाई केही नोक्सानी पुग्नेगरेको बताउँदै उनले आफ्नो भ्रमणमा अमेरिका–जापानबीच समान व्यापारका लागि आवश्यक सुधारका लागि भ्रमण उपयोगी रहने बताए । 

 

विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच व्यापार विस्तारका लागि नयाँ सम्झौता गर्ने पनि कार्यक्रम रहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले जापानसँगको असमान व्यापार नीतिलाई सुधार गरी अघि बढ्ने बताएका हुन् । 

 

राष्ट्रपति ट्रम्पले जापानी सम्राट नारूहितोलाई आगामी सोमबार भेट्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री सिन्जो आवेसँग गल्फ खेल्नुहुने छ । उनले आफ्नो जापान बसाईमा जापानी राष्ट्रिय खेल सुमो पनि प्रधानमनत्री आबेका साथमा अवलोकन गर्नेछन् । 

 

जापानी प्रधानमन्त्रीले केही समय पहिले वासिङ्टन भ्रमण गरेका थियो भने जी–ट्वन्टी समूह राष्ट्रको जापानमा हुने सम्मेलनमा भाग लिन अर्को महिनाको अन्त्यमा फेरि जापान आउने कार्यक्रम छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 1 hour ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 1 hour ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।