जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौं घाइते

एजेन्सी । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

 

स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् । 

 

यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । 

 

यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।

 

जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ । 

 

किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने कार्यमा संलग्न ३ जना पक्राउ

  • 1 hour ago
छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने कार्यमा संलग्न ३ जना पक्राउ

पोखरा । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि परीक्षा दिन लगाउने ३ जना शिक्षक पक्राउ परेका छन् । विद्यार्थीहरुलाई होटलमा लगेर अमर्यादित रुपमा परीक्षा दिन लगाएको भन्दै प्रहरीले पोखरा महानगरपालिका– १ प

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 1 hour ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि

  • 1 hour ago
नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग

पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग

काठमाडौँ । पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग उठेको छ । कोरोना भाइरसको महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्नको लागि प्रवेशाज्ञा (भिसा) अनअराइभल बनाउनुपर्ने माग उठेको हो ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।