शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै
- बिहीबार, २४ जेष्ठ, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लागेका छन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लागेको समाचारमा जनाइएको छ ।
उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग गर्न लागेको वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् ।
जापानी प्रधानमन्त्री आबेको यस भ्रमणपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ । उहाँहरुको द्विपक्षीय वार्ता बिहीबारै हुने बताइएको छ ।
उक्त वार्ताको क्रममा विशेषगरी आगामी सो शिखर बैठकको बारेमा जापान र अमेरिकाको धारणा बुझ्ने काम हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीको धारणा बुझ्न खोजेका हुन् ।
अमेरिका र उत्तर कोरिया पनि पहिलो पटक यसरी वार्ताको टेबलमा बस्ने भनी आएको समाचारपछि जापानी प्रधानमन्त्रीले यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।
उता विकसित परिस्थिति बमोजिम नै अमेरिका र उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको जनाएका छन् । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ ।
यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गरेका छन् ।
यस वार्ताका लागि उत्तर कोरिया पनि निकै सकारात्मक देखिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गरेका छन् ।
त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाली नेता किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
उनले अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्नुहुने समाचार उत्तर कोरियाली सरकारी समाचार समितिले दिएको थियो ।
गत हप्ता यो समाचार सार्वजनिक भएको भए पनि यस भेटवार्ताको बारेमा थप समाचार भने केही आएको छैन ।
यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने एक हप्ताअघि नै उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यस भ्रमणपछि नेता किम पनि रुस जाने यो घोषणा आएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै
- 4 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो। कांग्रेस कार्यालयका मुख्य
५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
- 9 minutes ago

काठमाडौँ। बढुवा समितिको बैठकले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार गृह मन्त्रालयमा सोमबार बसेको बै
विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा
- 16 minutes ago

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।