जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

Global IME
Norvic Hospital

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीको औसत सङ्ख्या दश दशमलव ३६ पुगेको छ । हरेक स्वास्थ्य संस्थामा १० जना बिरामी आउने अनुमान गरिएकामा तिनमा बिरामी चाप बढेको पाइयो ।  बढ्दो बिरामीको सङ्ख्याले आगामी चार सातासम्म महामारीको चेतावनीलाई इङ्गित गरेको छ । 

 

देशका ४७ प्रिफेक्चरमा नियमितरूपमा गरिएका करिब पाँच सय चिकित्सा संस्थाको अनुगमनमा ५१ हजारभन्दा बढी श्वासप्रश्वासका बिरामी फेलापरेका छन् ।  ओकिनावा प्रिफेक्चरमा सबैभन्दा बढी ४२ दशमलव २३, फुकुईमा पच्चीस दशमलव ३८, ओसाका २४ दशमलव ३४ र फुकुओका २१ दशमलव ७० प्रतिशतले बिरामी बढेका छन् । विगतको भन्दा बेग्लै प्रकृतिका बिरामी बढेका भन्दै स्वास्थ्य विज्ञहरूले रोग अझ फैलनसक्ने चेतावनी दिएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

  • 10 minutes ago
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौँ। बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभा भवन हेटौँडामा आज शुक्रवार भएको मत विभाजनमा जम्कट्टेलले विश्वासको मत पाएका हुन्। मुख

सम्पत्तिमा महिलाहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै

  • 14 minutes ago
सम्पत्तिमा महिलाहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै

काठमाडौँ। नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत पर

एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

  • 36 minutes ago
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।