Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालविगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ

विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ


चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।

दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरुलाई बैङ्कबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरु बताउँछन् ।

निजी क्षेत्रका मालिक मात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरुले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । त्यसो त लुकी छिपी जुवातास खेल्नेहरुको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताउँछन् ।

उनले भने, “१५ जना समातिँदा ३० हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।” उनको भनाइमा ठूलो रकम राखेर जुवातास खेल्नेहरु यो वर्ष भेटिएनन् । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम विगतका दसैँमा जुवातासका ठूलाठूला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको बताउँछन् ।

उनले भने, “आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कस्ले खेल्ने ?” हुने खाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उनी बताउँछन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताउँछन् ।

यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उनको भनाइ छ । उनले भने, “क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।” दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उनी बताउँछन् । यससँगै मानिसहरुमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको उनले बताए ।

पोल्ट्री व्यवसायी ऋषि पौडेल आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, “दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।” मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उनले बताए ।

उनले भने, “सुरुका दिनमा जिउँदो खसी प्रतिकिलो छ सयमा बिक्री भएकामा पछिल्ला दिनहरुमा पाँच सयमा पनि बिक्न सकेन ।” कुखुराको खपत पनि निकै न्यून भएको उनी बताउँछन् । नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, “आर्थिकरुपमा कमजोर भएको अवस्थामा बजारको महङ्गीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ।” व्यावसायिक क्षेत्र धराशयी भएको र महङ्गी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उनको बुझाइ छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफू प्रमुख हुनुअघि जस्तै गरी यस वर्ष पनि धेरैलाई दसैँ मान्न सहयोग गरे । उनले भने, “दसैँ कसरी मनाउनु, आम नागरिकसँग पैसा नै छैन ।” एकातर्फ आर्थिक मन्दी छ भने अर्कोतर्फ घरका छोराछोरी विदेश हुँदा ती परिवारमा दसैँको उमङ्ग नभएको उनले बताए । उनले भने,“संस्कृति जगेर्नाका लागिमात्र दसैँ मान्नुपर्ने अवस्था आएको देखियो ।” सबै क्षेत्र प्रभावित भएकै कारण दसैँमा उमङ्ग आउन नसकेको धेरैको भोगाइ छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT