जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त
- बुधबार, २५ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् ।
उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएका विज्ञहरुले निष्कर्ष निकालेका छन् ।
पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ ।
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । उनी राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुन् ।
आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पु¥याउने प्रधानमन्त्री बनेछन् । तर उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ ।
यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त भएका छन् । उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ ।
निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ ।
कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिनुहुन्छ । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी मानिन्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
किम जोङ उनले यस्तो आदेश दिएपछि...
- 10 minutes ago

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।
अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा
- 11 minutes ago

अस्ट्रेलिया टोलीका विश्व विजेता आरोन फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 36 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।