जापानी सम्राटको शुभराज्याभिषेक स्थगित हुन सक्छ – एनएचके
- बिहीबार, ३० असोज, २०७६
- 2 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ ।
“हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरुको भनाई उद्धृत गर्दै एनएचकेले समाचार प्रशारण गरेको छ ।
आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अरु केही व्यक्ति अझै बेपत्ता छन् । सरकारले खोज तथा उद्धारको कार्य जारी राखेको छ ।
जापान सरकारले यही अक्टोबर २२ का लागि शुभराज्यभिषेकको मिति तय गरेको थियो । राज्यभिषेकका अवसरमा विदेशी विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरिएको छ ।
एनएचकेका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता नै राहत र उद्धारमा केन्द्रित रहेकाले अक्टोबर २२ को कार्यक्रम स्थगित गर्न सरकारले तयारी गरिरहेको छ ।
एएफपीले उक्त विषयमा शुभराज्यभिषेक आयोजक समितिसँग राखेको जिज्ञासामा यस बारेमा केही निर्णय भैनसकेकाले केही बताउन नसकिने जनाएका छन् ।
जापानी सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि छोरा नारुहितोलाई गत वर्ष जापानी सम्राट घोषणा गरिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चीनले क्यानडालाई भन्योः हङकङको मामिलामा हस्तक्षेप नगरियोस्
- 2 minutes ago

एजेन्सी । क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छः ओली (भिडियो)
- 6 minutes ago
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा बारे सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभा
कर्णालीले विज्ञापन होइन, काम गर्छः मुख्यमन्त्री शाही
- 15 minutes ago

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।