जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

Norvic Hospital
  • सोमबार, १८ कार्तिक, २०७६
  • 2 years ago
  • खेल

काठमाडौँ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । 

 

‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् । 

 

युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना  २८ वर्षीय  प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै  दुई मिनेट ३० सेकेन्डमा पराजित  गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो  प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए । 

 

जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहनुभएका घिमिरे काठमाडौँका चन्द्रागिरि  नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन्  । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आउनुभएको छ । उनले  विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा  अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।  

 

यसैगरी एक खेल बराबरीमा रोकिएको उनको परिवारका सदस्य रामनारायण घिमिरेले  जानकारी दिए । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएका छन् । उनले भने, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ ।” 

 

सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 2 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 3 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 15 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।