जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

Norvic Hospital

टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । 

 

जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । 

 

हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिए । 

 

विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । 

 

त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । 

 

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । 

 

जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । 

 

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । 

 

प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा 

 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् । 

 

बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा प्रधानमन्त्री आबे शुक्रबार पुगेका अधिकारीहरुले जनाएका छन् । 

 

उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए । उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् । 

 

बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पु¥याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । 

 

बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गर्नुभएको थियो । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जाने पूर्व निर्धारित कार्यक्रम थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 14 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 15 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 34 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।