जापानका अर्बपति युसाकु मेइजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गरे
- बिहीबार, २३ मंसिर, २०७८
- 1 year ago
- अन्तर्राष्ट्रिय
- प्रबिधि

एजेन्सी । जापानका अर्बपति व्यापारी युसाकु मीजावा र उनका सहायक योजो हिरानो सन् २००९ पछि पहिलो अन्तरिक्ष पर्यटकका रूपमा बुधबार अन्तरिक्षतर्फ प्रस्थान गरेका छन् । युसाकु मीजावा र योजो हिरानो, रूसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिनको साथमा रूसी सोयुज अन्तरिक्ष यान मार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गरेको मिडिया रिपोर्टमा उल्लेख छ । तीनै जनाले काजाकिस्तानको रुसी बायकोनुर स्टेशनबाट सोयुज एमएस २० मा निर्धारित समय अनुसार १२ः३८ बजे उडान भरेका थिए । मेइजावा र हिरानोले १२ दिन अन्तरिक्षमा बिताउने छन् ।
योसँगै मिजावा र हिरानो सन् २००९ यता अन्तरिक्षमा जाने पहिलो पर्यटक बनेका छन् जसले त्यसको लागि पैसा तिरेका छन् । यात्राको लागत खुलाइएको छैन, तर मिजावाले यसका लागि ५ करोड डलर खर्च गरेको बताइएको छ ।
स्पेस स्टेसनको लागि उड्नु अघि मीजावाले भने, 'म अन्तरिक्षबाट पृथ्वी हेर्न चाहन्छु। म वजनहीनता महसुस गर्ने अवसर अनुभव गर्न चाहन्छु। मसँग पनि व्यक्तिगत अपेक्षा छ र म यो अन्तरिक्ष उडान पछि कसरी परिवर्तन हुनेछ, अन्तरिक्षले मलाई कसरी परिवर्तन गर्नेछ भनेर जान्न उत्सुक छु।'
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 11 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 16 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 24 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।