निर्वाचनको तयारीस्वरुप छलफलमा जुट्यो जसपा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ।

 

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा. सुरेन्द्रकुमार यादवले राससलाई जानकारी दिए।

 

नेता यादवले भने, “नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ। बैठक आजै टुङ्गिन्छ।”

 

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ। निर्वाचनमा उम्मेदवारको मापदण्ड, चयन गर्ने प्रक्रिया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयन लगायतका प्रस्तावमाथि नेताहरुले धारणा राखिरहनुभएको छ।

 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरुले धारणा राख्नुभएको जसपाले जनाएको छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 4 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 8 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 9 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”